पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगामा अवस्थित यस पोखरा ट्रेड मल पोखराका विभिन्न पेसा व्यवसाय गरेर बसेका विभिन्न व्यक्तिहरुको सामूहिक लगानीको व्यापारिक भवन हो । प्रदेश नम्बर ४ को निर्विकल्प राजधानी पोखराका लागि यो र यस्ता व्यापारिक भवनको आवस्यकता छ । घरायसी र अन्य सामान किन्न बजारका विभिन्न स्थानमा भौतारिनु पर्ने अवस्थालाई अन्त्य गर्ने हेतुले पोखरा ट्रेड मल सञ्चालनमा ल्याइएको हो । गत २०७२ असोज २६ गते औपचारिक रुपमा सञ्चालनमा आएको र नुन देखि सुनसम्मका सामान एकै छानोमुनी भएकाले धेरै ग्राहकको मन जित्नसमेत सफल भइसकेको छ । हाल मल भित्र फेन्सी रेडिमेडीमेडको साथ–साथै २ वटा मल्टीप्लेक्स सेनेमाहल, ग्रोसरी सामान, रुफटप रेष्टुरेण्ट, फुटकोट, अत्याधुनीक ब्युटी सैलुन, बैंक तथा शहकारी लागाएत का २० भन्दा बढि प्रकारका बस्तु तथा सेवाका २३० भन्दा बढि व्यवसायीक प्रतिष्ठान सचालनमा रहेका छन ।
मलमा आउने ग्राहकहरुलाई मध्यनजर गरि मल व्यवस्थापनले विभिन्न अवसर पारी विभिन्न ग्राहक मुखि कार्यक्रमहरु सञ्चालन गर्ने गरेको यहाँ जानकारी भएकै विषय हो । गत दशै तिहारको अवसरमा संचालनमा ल्याएको दशै तिहार मेलाको सफलता साथै ग्राहकको चाहाना बमोजिम मलमा आउने ग्राहकले विभिन्न चाडपर्व र उत्सवहरु मनाउने थलोको रुपमा मललाई चिनाउन पनि मल भित्र बिभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेका छौं । यसैको निरन्तरता स्वरुप यस वर्ष २०७४ सालको नव अवसरमा पोखरा ट्रेड मलले नव वर्ष विशेष कार्यक्रम–२०७४ को पनि सफलता पुर्वक संचालन गरिसकेको छ ।
हामी नेपाली हरुले चाड पर्वलाई विषेश रुपमा मनाउने चलन रहिआएको छ । त्यसमा पनि दशै र तिहार को महत्व छुट्टै हुने हुदा उल्लासका साथ मनाउने चलन रहि आएको छ । व्यवसायीहरुको लागि पनि यस्ता पर्वहरु उत्तिकै महत्वपुर्ण हुन्छन । यस्ता पर्व हरुको वेला अन्य समय भन्दा हामीहरुको अलि बढि सपिङ गर्ने बानी हुन्छ । सपिङको माहोल लाई अझ बढी प्रभाकारी बनाउनका लागि पोखरा ट्रेड मलले आप्mना नियमित ग्राहक र नयाँ ग्राहकलाई आकर्षण गर्नको लागि विगतमा विभिन्न चाड पर्व तथा नयाँ वर्षका उपलक्ष्यमा विभिन्न खाले उपहार योजना संचालन गरि सकिएको कुरा सर्व विवितै छ । सदा झै यस वर्ष पनि दशै तिहार उत्सव–२०७४ कार्यक्रम अन्तरगत नगद वर्षा उपहार कार्यक्रम संचालनमा ल्याउन लागेको सहर्षजानकारी गराउदछौं ।
यस पाली ल्याईएको योजनामा ग्राहकले सिधै नगद तथा सपिङ भौचर को माध्यमबाट ग्राहकलाई संतुष्टी र खुसी बनाउने लक्ष्य लिएको जानकारी गराउन चाहान्छौ । ग्राहकले रु १ हजार भन्दा माथिको सामान खरिदमा यो निशुल्क उपहार कुपन प्राप्त गर्नेछन् ।
बम्पर उपहार योजन :
योजना शुभारम्भ: २०७४ भाद्र १५ गते विहिबार
समाप्ती: २०७४ कार्तिक १५ गते बुधबार
उपहार खोल्ने मिति: २०७४ कार्तिक १८ गते, शनिबार
उपहारहरु ः
१. प्रथम पुरस्कार – रु १ लाख बरावरको नगद तथा सपिङ भौचर– १ जनालाई
२. द्धितिय पुरस्कार– रु ६०हजार बरावरको नगद तथा सपिङ भौचर– १ जनालाई
३. तिृतिय पुरस्कार– रु ४० हजार बरावरको नगद तथा सपिङ भौचर– १ जनालाई
४. चौथो पुरस्कार– रु २५ हजार बरावरको नगद तथा सपिङ भौचर– १ जनालाई
५. पाँचौं पुरस्कार – रु ५ हजार बरावरको नगद तथा सपिङ भौचर १० जनालाई
 साप्ताहिक उपहार योजना ः
१. प्रथम पुरस्कार – रु ५ हजारको सपिङ भौचर ६ जनालाई
२. द्धितिय पुरस्कार– रु ३ हजारको सपिङ भौचर १८ जनालाई
३. तिृतिय पुरस्कार – रु २ हजारको सपिङ भौचर २४ जनालाई
४. चौथो पुरस्कार – रु १ हजारको सपिङ भौचर २४ जनालाइ
५. अन्य पुरस्कार , गिफ्ट ह्याम्पर, मुभी टिकट आदि
साप्ताहिक उपहार छनौट कार्यक्रम मिति
२०७४ भाद्र २३ गते ्र ३० गते, आश्विन ६ गते, आश्विन २० गते, २७ गते, कार्तिक १० गते, शुक्रबार पोखरा ट्रेड मलमा लक्की ड्र मार्फत गरिने छ ।
(नोट ः भाद्र १६ गते, आश्विन १३ गते महाअष्ठमी र कार्तिक ३ गते गोर्भदन पुजा को दिन साप्ताहिक उपहार योजना संचालन हुने छैन् )

  • Share