पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगामा अवस्थित यस पोखरा ट्रेड मलले नव वर्षको अवसर पारि नेपालमै पहिलो पटक सञ्चालन गरेको विंगो हङ्गामा र फेशन ट्रेड कार्यक्रम बम्पर उपहार विजेता ग्राहकको छनौट संगै शुक्रबार सम्पन्न भयो । समापन समारोहमा प्रमुख आतिथ्यता गर्नु भएका पो.ले.म.न.पा.वडा नं.–९ का नव निर्बाचित अध्यक्ष श्री रामराज लामिछानेले कार्यक्रममा शुभकामनाका साथै पोखरा ट्रेड मल जस्ता सुविधा सम्पन्न व्यवसायीक भवनहरुको खाचो रहेको कुरा व्यक्त गर्नुभएको थियो ।
बैशाख १ गते देखि सञ्चालन भएको उक्त कार्यक्रममा दर्शकको ध्यान तान्नको लागि महत्वपुर्ण भुमिका खेलेको नेपालमै पहिलो पटक संचालन भएको फेशन ट्रेड कार्यक्रम लाई संयोजन गरेको फेशियल हाउस व्युटी सैलुन सञ्चालक तथा महिला उद्यमी शुष्मा महराले पोखरामा पनि स्तरिय सेवा उपलब्ध गराउन पोखरा ट्रेड मल रोजेको बताउनु भयो । कार्यक्रम व्यवस्थापन समितिका संयोजक नवराज त्रिपाठीले पोखरा ट्रेड मल छोटो समयमा ग्राहको रोजाईमा पर्न सफल भएकोले हामीलाई यस किसिमका कार्यक्रम ल्याउन उत्साहित बनाउने गरेको बताउनु भयो । कार्यक्रमको अध्यक्षता गर्नु भएका पोखरा ट्रेड मल एण्ड हाउजिङग् प्रा.लि.का प्रबन्ध सञ्चालक मिनराज काफ्लेले ग्राहकहरुको चाहाना बमोजिमको सेवा दिन सदा तत्पर रहने वताउनु भएको थियो । अहिले पोखारा ट्रेड मल भित्र फेन्सी, बुटिक, कस्मेटिक, पसल लगाएत २ वटा मल्टिप्लेक्स हल, रेष्टुरेन्ट, फुटकोर्ट, डिर्पामेन्टल स्टोर्स, बैंक तथा शहकारी, गहना पशल, मोवाइत तथा एसोसेरिज सामान, शैक्षिक परामर्श कार्यालय गरि २०० भन्दा बढि व्यवसायीक प्रतिष्ठान सञ्चालनमा रहेका छन् ।
पोखरा ट्रेड मलले मल भित्र सपिङ गर्ने ग्राहकलाई बम्पर उपहार कुपन उपलब्ध गराएको थियो । सो कुपन लिने ग्राहकले कार्यक्रम अवधी भर प्रत्येक शुक्रबार सञ्चालन भएको रमाईलो विगों हङगामा खेलखेलि विभिन्न ६२ जना ग्राहकहरुले नगद उपहार समेत हात पार्न सफल भएका थिए । शुक्रबारनै खोलिएको बम्पर उपहारमा प्रथम पुरस्कार वासिन मेशिङ कुपन नं. २०३५१ लाई प¥यो भने ३२ ईन्च एल ई डि टिभी कुपन नं. ०३१०४ र तेस्रो पुरस्कार कुपन नं. १७२५७ का ग्राहकलाई प¥यो ।

शुक्रबारको कार्यक्रमा लोक गायीका लक्ष्मी नेपाली, बिग आईकन २०१६ का विजेता शुभाष गुरुङ्ग, सेकेन्ड रनरअप प्रिया गुरुङ्ग, मलमा व्यवसायी पनि रहेका विजय खनाल, दिया सुनार लगायतले आफ्नो सांगितिक र अप्सरा पनेरु, प्रिती शर्मा, युना महर्जन ले नृत्य प्रस्तुती दिनु भएको थियो । फेशियल हाउसले संयोजन गरेको फेशन ट्रेड मा प्रत्येक हप्ता नयाँ किसिमका डिजाईन, न्यू प्रोडक्टहरुका साथै सिनियर ब्युटिसियन सुष्मा महरा द्वारा तयार पारिएको सौन्दरीय मेकप हेयर डिजाईनहरु प्रस्तुत भएका थिए । फेसन ट्रेडमा देश भरिका ५० जना पोखरेली मोडलहरु सहभागी भएको फेशन शोको कोरीयो ग्राफि फेशियल हाउसकी मेनेजर समेत रहेकी मेडेल मोनिका पनेरुले गर्नु भएको थियो । यस पालिको योजनामा फेशन शो, सांगितिक कार्यक्रम संगै विंगो खेल सञ्चालन गरिएकोले कार्यक्रम अन्यन्त रोचक र सफल बनेको पोखरा ट्रेड मलका प्रबन्धक समेत रहेका माधव तिमिल्सिनाले बताउनु भयो ।

  • Share
View